‘काँक्रेविहार गोल्डकप’ वीरेन्द्रनगर भर्सेस चिङ्गाड

खेल सुरू भएको तीन मिनेटमा चङ्गाडले एक गोल गरेको  छ

सुर्खेत ।  वीरेन्द्रनगरमा जारि ‘काँक्रेविहार गोल्डकप’ पहिलो भुटबल प्रतियोगीताको चौथो दिनको खेल सुरू भएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको रंगशालामा खेल साढे दुईबजेबाट सुरू भएको हो ।  अन्तिम सेमिफाइनलका लागि वीरेन्द्रनगर पालिका भर्सेस चिङ्गाड गाउँपालिका बिच खेल भईरहेको छ ।

उक्त खेल सुरू भएको तीन मिनेटमा चङ्गाड गाउँपालिकाले एक गोल गरेको  छ ।

हिजो शुक्रबार भएको सेमि फाइनल खेलमा भेरीगंगा र पञ्चपुरीले खेलेका थिए । ‘पेनाल्टी–सुटआउट’ गरेसँगै पञ्चपुरीले आफ्नो फाइनल पुगेको छ । फाइनल खेलका लागि वीरेन्द्रनगरस्थित रंगशालामा निर्धारित खेल अवधिमा गोलरहित भएपछि ‘पेनाल्टी–सुटआउट’ मा खेल भएको थियो ।

पेनाल्टीमा पञ्चपुरीले भेरीगंगालाई एककाविरुद्ध तीन गोल गरेर आफ्नो फाइनल यात्रा सुरक्षित गरेको हो । ‘काँक्रेविहार गोल्डकप’मा  प्रथमले एक लाख  र दोस्रोले ५० हजार राशीको पुरस्कार रहेको छ ।