‘काँक्रेविहार गोल्डकप’ उपाधी पञ्चपुरीको पोल्टामा

सुर्खेत । वीरेन्द्रनगरमा जारी काँक्रेविहार गोल्डकपको उपाधी पञ्चपुरीले जितेको छ । वीरेन्द्रनगरस्थित रंगशालामा भएको आइतबारको अन्तिम फाइनल खेलमा विवाद भएपछि उपाधिका लागि आज पेनाल्टी सुटआउटबाट पञ्चपुरीले उपाधि जितेको हो । पेनाल्टी सुटआउटमा वीरेन्द्रनगरलाइ पञ्चपुरीले पाँचका विरूद्ध ६ गोल गरेको थियो ।

आईतबार खेल बराबरीमा रोकिएपछि पेनाल्टी सुट आउटमा एक–एक गोल गरेपछि विवादहुँदा स्थगित गरिएको हो । आयोजकले हिजो भएको एक–एक गोललाई मान्यता दिएर आज चार÷चार गोल मात्रै पेनाल्टीबाट खेलाउने निर्णय गरेको थियो ।

तर शुरूको चार÷चार गोल बराबरीमा रोकिएपछि थप एक–एक गोल हान्न दिएको थियो । दुवै टिमले पाएको थप एक गोलमध्य वीरेन्द्रनगरले गोलको सदुपयोग गर्न नसक्दा उपाधी पञ्चपुरीले जितेको हो । उपाधिका लागि प्रथम भएकोले एक लाख तथा दोस्रोले पचास हजार नगदसहित टर्फी पाएका छन् ।