हुम्लाकाे लाली स्वास्थ्य चौकीमा औषधि अभाव

हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिका–१ मा रहेको लाली स्वास्थ्य चौकीमा औषधि अभाव भएको छ ।

सरकारले निःशुल्क वितरण गर्ने औषधि अभाव हुँदा बिरामी समस्यामा परेका छन् । त्यहाँका धेरैजसो बालबालिका र ज्येष्ठ नागरिकलाई ज्वरो आएको छ । तर, स्वास्थ्य संस्थामा अभाव हुँदा बिरामीले औषधि पाएका छैनन् ।

दैनिक स्वास्थ्य चौकीमा १५ देखि २० जनासम्म बिरामी उपचारका लागि जाने गरेका छन् । मौसम परिवर्तन भएसँगै हुम्लाको खार्पुनाथमा भाइरल ज्वरोका बिरामी बढेका छन् ।