हिमाली जिल्लामा हिमपात हुने सम्भावना

काठमाडौँ । नेपालमा पश्चिमी वायुसँगै न्यूनचापीय प्रणाली पश्चिमी ट्रफ र अरब सागरमा बनेको न्यूनचापीय क्षेत्र कम दबाब प्रणालीको प्रभावले आगामी तीन दिन हिमपातको सम्भावना देखिएको छ ।

जल तथा मौसाम विज्ञान विभागले एक विशेष बुलेटिन निकालेर उक्त प्रणालीका कारण आज बेलुकादेखि देशका सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा मध्यमदेखि भारी हिमपात हुने सम्भावना देखिनाका साथै उक्त प्रदेशका पहाडी तथा तराईका केही भूभागमा फाटफुटदेखि हल्का वर्षाको समेत सम्भावना रहेको जनाएको छ । यी प्रणालीका कारण आगामी दिनमा तापक्रममा गिरावट आई चिसो बढ्नसक्ने सम्भावना रहेको बताइएको छ ।