मुगुमा ५६ जनामा कोरोना संक्रमणको पुष्टि

मुगु। हिमाली जिल्ला मुगुमा ५६ जनामा कोरोना संक्रमणको पुष्टिभएको छ । जिल्ला स्वास्थ्य सेवा कार्यालयका अनुसार ज्वरो आउने‚ टाउको दुख्नेजस्ता लक्षण भएका बिमारीलाई एन्टिजेन परीक्षण गर्दा ५६ जनामा कोरोना पुष्टि भएको हो ।

चौथो लहरको कोरोना महामारीपछि ३ सय १० जना बिरामीलाई एन्टिजेन परीक्षण गर्दा मुगुमा ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य सेवा कार्यालयले जानकारी दिएको छ ।