सुर्खेत । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत कर्णालीमा भएको निर्वाचनमा मतदान प्रक्रिया सकिएको छ ।
शनिबार बिहान १२ बजेदेखि मतदान सुरु गर्ने भनिए पनि दिउँसो साढे दुई बजेपछि सुरु भएको थियाे । उक्त मतदान प्रक्रिया बेलुका ८ बजे सकिएको निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन समितिका अनुसार, ७ सय ७१ मत मध्ये ७ सय ५४ मत खसेको छ । मतदान प्रक्रिया सम्पन्नसँगै राती १० बजेबाट मतगणना सुरु हुने भएको चिर्वाचन समितिले जनाएको छ ।
सभापतिकाे लागि त्रिपक्षीय समूह बीच भिडन्त भएको छ । जसमा पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा समूहबाट जुम्लाका ललितगङ्ग शाही, वरिष्ठ नेता रामचन्द्र पाैडेल समूहबाट कालिकोटका भुपेन्द्रजङ्ग शाही र विमेलन्द्र निधि समूहबाट कालिकोटका माेतिराज बम रहेका छन् ।
सभापतिदेखि सदस्यसम्म गरेर ५१ जना उम्मेद्वार छन् । जसमध्ये चार जना निर्विरोध छन् । भने ४७ जनालाई मतदान गरिएको छ ।
ए.के. सञ्चार । १८ मंसिर २०७८, शनिबार २०:५२