पाठ्यपुस्तक उपलब्ध गराउन पुस्तक व्यवसायीको ध्यानाकर्षण

सुर्खेत । पुस्तक तथा स्टेशनरी व्यवसायीले पाठ्यपुस्तक वितरणको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्रलाई समयमै पाठ्यपुस्तक उपलब्ध गराउन ध्यानाकर्षण गराएका छन् ।

बिहिवार नेपाल पुस्तक तथा स्टेशनरी व्यावसायी महासंघ कर्णाली प्रदेश समितिले केन्द्रको प्रादेशिक कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएको हो ।

प्रदेशका १० जिल्लामा कक्षा ४ देखि कक्षा १० सम्मका सबै पाठ्यपुस्तक र ११, १२ कक्षाका नेपाली, सामाजिक, अंग्रेजी विषय विरतणको जिम्मा कार्यालयको भएपनि कार्यालयले समयमै पुस्तक उपलब्ध नगराएको भन्दै ध्यानाकर्षण गराइएको हो ।

शैक्षिक सत्र सुरु भएको तीन महिना वितिसक्दा पनि केन्द्रले कर्णालीमा अझै ३५ प्रतिशत पाठ्यपुस्तक उपलब्ध गराउन नसकेको महासंघले जनाएको छ ।