निवर्तमान अध्यक्षलाई पराजित गरेर डुङ्गेश्वरमा बहुमत सहित एमालेका केसी विजयी

सुर्खेत । दैलेखको डुङ्गेश्वर गाउँपालिकामा काँग्रेसका निर्वतमान अध्यक्ष नगेन्द्र मल्ललाई पराजित गर्दै नेकपा एमालेका सुन्दरकुमार केसी विजयी भएका छन् ।

केसीले ३ हजार ४०६ मत ल्याएर विजयी बन्दा मल्लले ३ हजार ३३६ मत पाए । उपाध्यक्षमा पनि एमालेकै कलावती न्यौपाने विजयी भएकी छन् । उनले ३ हजार ५७७ मत ल्याउँदा नेपाली काँग्रेसकी एलिजा कुमारी थापाले ३१५२ मत पाइन् ।

वडाहरुमा पनि एमालोले वर्चश्व कायम गरेको छ । एमालेले वडा नं. ३,४,५, र ६ तथा अध्यक्ष र उपाध्यक्षमा जीत हासिल गरेको हो ।