नेकपा एमाले डोल्पाको बैठक सम्पन्न, अधिबेशन सञ्चालन गर्न समितिहरु गठन

डोल्पा । नेपाल कम्यूनिष्ट पार्टी एमालेको नवौँ पूर्ण बैठक सम्पन्न भएको छ । नेकपा एमाले डोल्पाका काबा अध्यक्ष तुलाचन्द बुढाको अध्यक्षतामा नेकपा एमाले केन्द्रीय सदस्य तथा डोल्पा पार्टी ईन्चार्ज बद्मी क्वारी बोहोरा(बुढा) को प्रमुख आतिथ्यतामा जिल्ला कमिटी सदस्यहरुको सहभागीतामा नवौँ पूर्ण बैठक सम्पन्न भएको हो । जिल्लाको पार्टीको अवस्थाको बारेमा छलफल गर्दै यहि पुष २३ गते सम्पन्न हुने नेकपा एमालेको छैठौँ जिल्ला अधिबेशन सञ्चालन तथा व्यवस्थापन गर्नको लागि विहिवारको बैठकले विभिन्न समितिहरु गठन गरेको छ ।

बैठकले अधिबेशन व्यवस्थापन समितिको संयोजकमा नर बहादुर बुढा,सदस्यहरुमा आंग बहादुर लामा,जनक केसी,जगबहादुर बुढा,शेर बहादुर रोका,देवि घर्ती,छिरि³ ढिकी गुरु³ लाई व्यवस्थापन समितिको जिम्मा दिएको छ ।

आर्थिक व्यवस्थापन समितिको संयोजकमा शेर बहादुर बुढा,सदस्यहरु पुर्ण बहादुर डाँगी,बिश्वचन्द डसाल,धावास³मु गुरु³,धर्मसिँह रोकाया,धनचन्द्र बैजी,सविता रोकाया लाई आर्थिक व्यवस्थापन समितिमा रहेका छन ।

प्रचार प्रसार समितिको संयोजकमा लंक बहादुर रोकाया, सदस्यहरुमा खिम बहादुर बुढा, डम्बर बुढा,मुन बुढा,बिष्णुलाल बुढा,सरोज थापा,राज बहादुर थापा,टेक बहादुर शाही,लेख बहादुर बुढालाई प्रचार प्रसार समितिको जिम्मा दिइएको छ ।

स्वयंम सेवक परिचालन समितिको संयोजकमा सुनराम बुढा(सुमन) सदस्यहरुमा टंक थापा (बिकास),चंख कार्की,शन्तोष बहादुर शाही,लोकेन्द्र राना,प्रेम थापा,विरेन्द्र बुढालाई स्वयंम सेवक परिचालनको जिम्मा दिईएको छ ।

सास्कृतिक समितिमा संयोजक कालिकोशा हिराचन,सदस्यहरुमा गणेशमान पुन,लोकचन्द्र रोकाया,शन्तराम रोकाया,मानसिँह बोहोरालाई जिम्मा दिईएको छ ।

जिल्ला अधिबेशनमा प्रतिनिधि छनौट प्रक्रिया :
नेकपा एमाले डोल्पाको जिल्ला अधिवेशनका लागि प्रतिनिधि छनौट प्रक्रियाको बारेमा बैठकले निर्णय गरेको छ । डोल्पाका प्रत्यक स्थानिय तहबाट १५ जना संगठीत सदस्यको एक जना प्रतिनिधि,प्रत्यक जनबर्गीय संगठनबाट ५ जना प्रतिनिधि,शिक्षक संगठन बाट १५ जना प्रतिनिधि सहभागी हुने पाउने भएका छन । अधिवेशनमा सहभागी हुने प्रतिनिधि शुल्क रु ५००। तोकिएको छ ।

नेकपा एमालेको छैठौँ जिल्ला अधिबेशनलाई सफल पार्न सवैको सहमती अनुसार कामकार्य अगाडी बढाईएको नेकपा एमाले डोल्पाका उपसचिव बिस्णु बहादुर रोकायाले बताए ।नेकपा एमालेको आगामी नेतृत्व सकेसम्म सहमतीमा हुने विश्वास रहेको काबा अध्यक्ष तुलाचन्द बुढाले बताए । अधिवेशन सफल पार्न सवैको साथ सहयोग आवश्यक रहेको बुढाले बताए ।

नेकपा एमाले डोल्पाको छैठौँ अधिबेशनमा साढे ४ सय प्रतिनिधि र स्वयंम सेवक,विभिन्न व्यक्तीहरु गरी ६ सय जनाको सहभागी हुने अपेक्षा गरिएको प्रचार प्रसार विभाग प्रमुख लंक बहादुर रोकायाले बताए । बढ्दै गएको चिसोको कारण र सदरमुकाम दुनै बजारमा चिसोको समयमा बस्ने ठाउँ कम भएको कारण धेरै प्रतिनिधि मानिसहरुको सहभागीता नगर्ने पार्टीमा छलफल भएको रोकायाले बताए ।