काठमाडौं । काठमाडौंमा मेलम्चीको पानी आउँदो चैतमा पुर्याइने भएको छ ।
वैकल्पिक पथान्तरण प्रणालीमार्फत चैतमा पानी पठाउने गरी काम भइरहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।
हेडवक्र्स र सुरुङ सफाइको काम अन्तिम चरणमा पुगेकाले चैतमा पानी पठाउन सकिने समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जानकारी दिए । हाल बाढीले जम्मा गरेको गेग्य्रान हटाउने र भत्किएका संरचनाको निर्माण कार्य भइरहेको छ ।
ए.के. सञ्चार । २७ फाल्गुन २०७८, शुक्रबार ०८:१३