ए.के संञ्चार प्रा.लीको सम्पर्क कार्यालयकाे उद्वघाटन

कालीकोट । ए.के संञ्चार प्रा.लीको सम्पर्क कार्यालय कालीकाेटकाे सदरमुकाम मान्ममा उद्घघाटन गरिएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतकाे वीरेन्द्रनगरमा प्रधान कार्यालय रहेको मिडिया कालिकोटमा पनी सम्पर्क कार्यालयको शुक्रबार एक कार्यक्रमका बिच खाँडाचक्र नगरपालिकाका नगर प्रमुख जसीप्रसाद पाण्डेले उद्घाटन गरेका हुन ।

मिडिया प्रा.लीका अध्यक्ष अप्सरा विष्टको सभा अध्यक्षता, नगरप्रमुख जसीप्रसाद पाण्डेको प्रमुख आतिथ्यता, प्रमुख जिल्ला अधिकारी रामहरी शर्माको विषेश आतिथ्यता र खाँडाचक्र नगरपालिका ११ का वडाध्यक्ष पुष्पराज गिरी, पत्रकार महासंघका सचिव खडानन्द अधिकारी, प्रेस चौतारी नेपालका अध्यक्ष विश्वनाथ सिम्खाडको आतिथ्यतामा उद्घाटन गरिएको थियो । मिडियाको उद्घाटन गर्दै नगरप्रमुख पाण्डेले मिडिया निष्पक्ष र स्वतन्त्र भएर काम गर्नु पर्ने बताए ।

पत्रकारिता राज्यको चौथो अंग हो, राज्यका हरेक गतिविधिहरुलाई सही वा गलत छुटाएर वाहिर ल्याउनु पर्ने दायित्व हो पाण्डेले भने:, । ए.के संञ्चारले पनी साँगुरो सोच र पित पत्रकारिताको बाटोमा नगई निष्पक्ष पत्रकारीताको बाटोमा लाग्नेका लागि आग्रह गरे ।

यस्तै विषेश अतिथि प्रमुख जिल्ला अधिकारी रामहरी शर्माले कालिकोटमा मिडियाको विकास भएकोमा खुसी व्यक्त गरे । मिडियालाई कमाई खाने माध्यम नबाएर मिडियाले खेल्न पर्ने भुमिका निभाउनु पर्ने सल्लाह दिए ।