कर्णाली प्रदेश सभाको अधिवेशन पुस १८ गते

सुर्खेत । कर्णाली प्रदेश प्रमुख तिलक परियारले कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन आह्वान गरेका छन् ।

मुख्यमन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा प्रदेश प्रमुख परियारले यही पुस १८ गते दिउँसो १ बजेका लागि अधिवेश आह्वान गरेका हुन् ।

प्रदेश प्रमुख कार्यालयले एक प्रेस विज्ञप्ति जारी गर्दै प्रदेश प्रमुख परियारले नेपालको संविधानको धारा १८३ को उपधारा ९१० बमोजिम यही पुस १८ गते सोमबार दिउसो १ः०० बजे बस्ने गरी अधिवेशन आह्वान गरेका हुन् ।

प्रदेशसभाको दोस्रो कार्यकालको प्रथम अधिवेशनमा कार्यवाहक सभामुखका रूपमा कर्णाली प्रदेशसभाका ज्येष्ठ सदस्य विनोदकुमार शाहले भूमिका निर्वाह गर्नेछन् ।