मन्त्रिपरिषदको नियमित बैठक साँझ ६ बजे बस्दै

काठमाण्डौ । मन्त्रिपरिषदको नियमित बैठक आज साँझ ६ बजे बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकले चार जनालाई सचिवमा बढुवा गर्ने भएको छ ।

 

लोकसेवा आयोगको सचिव बढुवा सिफारिस समितिले प्रशासनबाट तीन जना , कृषि तथा वन सेवातर्फबाट तीन,इन्जिनियरिङतर्फबाट तीन र प्रशासन सेवातर्फबाट एक जनाको नाम सिफारिस गरेको छ ।

 

जसमा प्रशासनतर्फ सहसचिवत्रय गणेश पाण्डे, मधुसूदन बुर्लाकोटी र कृष्णहरि पुष्कर मध्ये एकजना सचिव बन्ने छन् ।