काठमाडौं । अछाममा कांग्रेसलगायत सत्ता साझेदार दलहरू बीचको गठबन्धन तटबन्धनमा परिणत हुने नेपाल कम्युनिस्ट पार्टी एमालेका केन्द्रीय सदस्य तथा अछाम जिल्ला इन्चार्ज झपटबहादुर बोहराले दाबी गरेका छन् ।निहित स्वार्थका र सत्ता प्राप्तिका लागि बनेको गठबन्धनलाई आसन्न निर्वाचनमा जनताले तटबन्धनमा परिणत गर्ने उनले बताए ।
नेकपा एमाले बान्नीगढी जयगढ गाउँपालिका कमिटीको आयोजनामा भएको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य बोहराले एमालेप्रति आम नागरिकको आकर्षण र लोकप्रियता बढ्दै गएकाले अछाममा सहजै बहुमत प्राप्त हुने बताए ।कार्यकर्ताको उत्साह र एमालेप्रति आम नागरिकको आकर्षणले बान्नीगढी जयगढ गाउँपालिकामा एमाले उम्मेदवारको जित सुनिश्चित भएको उनको भनाई छ । विगतमा पाँच वर्ष कांग्रेसको विभेद, जनविरोधी कार्य र जनतामाथिको निरंकुशताका कारण यस पटक बान्नीगढी जयगढ गाउँपालिकामा एमालेलाई बहुमत प्राप्त गर्न सजिलो हुने बोहराले बताए ।
ए.के. सञ्चार । १५ बैशाख २०७९, बिहीबार ०६:५९