पानीमा डुबेर एक युवाको मृत्यु 

सुर्खेत । जिल्लाको गुर्भाकोट नगरपालिका–६ मा पानीमा डुबेर एक युवाको मृत्यु भएको छ । खोलाको बिचभाग भागमा पानीमा डुबेर पहलमान सुनारका २२ वर्षीय छोरा दीपक सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

बुधवार उनको शवलाई मेलकुना अस्पताल शव गृहमा राखिएको छ । मृतक दीपक सुनारको खुट्टा अपाङ्ग र मृगी रोग भएको भन्ने बुझिएको प्रहरीले जनाएको छ ।