गुरु घिमिरेको समर्थन गर्दै गोकुल बास्कोटाले गरे गगन थापाको आलोचना

काठमाडौं । काठमाडौ , पर्फेक्ट मिडिया एकाडेमीले सुरु गरेको खुल्ला गायन तथा नृत्य प्रतियोगिता ‘पर्फेक्ट आइडल’ को उत्कृष्ट ३० छनौट भएको छ।नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बास्कोटाले नेपाली कांग्रेसका नेता गगन थापाको आलोचना गरेका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमा कांग्रेस नेता गुरु घिमिरेप्रति सहानुभूति देखाउँदै थापाको आलोचना गरेका हुन् ।

‘कांग्रेसमा गगनले आफ्नो रक्षाको राजनीति गरेको देखियो जुन अक्सर नेपाली नेताहरुले गर्दै आएको सनातनी कर्म हो,’ नेता बास्कोटाले भनेका छन्, ‘तर चुपचाप र शान्त देखिने गुरू घिमिरेले दलीय राजनीतिको वास्तवीक मर्मरक्षाको राजनीति गरेको देखियो ।’

घिमिरेले दलिय राजनीतिको वास्तवीक मर्मरक्षा गरेपनि फाइदा भने थापाले नै लिने उनले जनाएका छन् । ‘गुमाउन त गुरुले नै गुमाउछन तर गगनसामु गुरुले स्पस्ट रुपमा काडा छाप छोड्ने भए,’ नेता बास्कोटाले लेखेका छन् ।