२०८२ कात्तिक ११ , मंगलबार

सुर्खेतमा २५ प्रतिशत मत खस्यो




सुर्खेत । स्थानीय तहको निर्वाचनमा सुर्खेतमा बिहान ११ बजेसम्म २५ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृत दुर्गाप्रसाद चालिसेका अनुसार जिल्लाभर शान्त र भयरहित वातावरणमा मतदान भइरहेको छ ।

बिहान ७ बजेदेखि ११ बजेसम्म २५ प्रतिशतको हाराहारीमा मत खसेको उनको भनाइ छ । जिल्लामा कुल २९१ मतदान केन्द्र छन् । यसका लागि १०४५ जना कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृत चालिसेले जानकारी दिए ।

प्रकाशित मिति : २०७९ वैशाख ३० गते शुक्रबार