भेरी अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमित महिलाको मृत्यु


काठमाडौं । भेरी अस्पतालमा उपचाररत दाङ र सल्यानका दुई जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार सल्यान, दर्मा गाउँपालिका वडा नम्बर ६ की ३० वर्षीया महिला र दाङ, शान्तिनगर गाउँपालिका वडा नम्बर १ की ५८ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो।

सल्यान ६ की ३० वर्षिया महिलाको मंगलबार (आज) बिहान १ बजेर ३० मिनेटमा मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिए।

भेरी अस्पतालमा गत असार १७ गते भर्ना भएकी उनलाई भोलिपल्ट कोरोना पोजेटिभ देखिएको थियो। लामो समयसम्म उपचार गर्दा पनि कुनै सुधार नआएपछि मङ्गलवार मृत्यु भएको वलीले बताए।