काठमाडौं । बलात्कारसम्बन्धी मुद्दामा उजुरी दिन हदम्याद पूर्ण रूपमा हटाउँदा पीडितले ढिलै भए पनि न्याय पाउने अवस्था हुने वरिष्ठ अधिवक्ता मीरा ढुङ्गानाले बताएकी छिन् ।हाल हदम्यादकै कारण धेरै पीडितहरूको न्यायमा पहुँज नभएको उनको भनाइ छ । हदम्याद हटाउनुपर्ने सवाल बलात्कृत हुँदा पनि हिम्मत नपुगेर उजुरी दिन नसकी अन्ततः मानसिक पीडाका कारण डिप्रेसनमा गएका बलात्कार पीडितहरूलाई न्याय दिलाउने सन्दर्भमा आएको पनि उनले बताइन् ।
उनले हदम्याद हटाउनु सकारात्मक हुने र अहिले हदम्यादकै कारण दर्ता नभएका मुद्दा दर्ता हुने बताइन् । पीडितले न्याय पाउँने र सक्षम र हिम्मत हुनेले तत्काल उजुरी गरिहाल्ने बताईन् । तर, जसलाई उजुरी गर्न अप्ठ्यारो भएको छ र डिप्रेसनमा गएका छन्, ती बलात्कार पीडितहरूका लागि भने सहयोग चाहिएको उनको भनाइृ छ । अहिले हदम्यादकै कारण उनीहरूको न्यायमा पहुँज नहुने स्थिति रहेको बताइन् ।
उनले हदम्याद बढाउनु वा हटाउनुलाई नराम्रो मान्न नसकिने बताएकी छिन् । उनका अनुसार हदम्यादै नराखिए धेरै पीडितहरूले न्याय पाउने सम्भावना एकदमै धेरै हुन्छ ।आठ वर्षअघि एक किशोरी बलात्कार भएको घटना सार्वजनिक भएपछि पीडितलाई न्याय दिलाउने सन्दर्भमा हदम्याद हटाउने बहस चलेको हो ।
शुक्रबार राष्ट्रियसभामा हदम्यादबारे संकल्प प्रस्ताव पनि दर्ता भएको छ । जहाँ बालिकाहरूको हकमा हदम्याद पूर्ण रूपमा हटाउनुपर्ने र अन्यको हकमा भने पुनरावलोकन हुनुपर्ने उल्लेख छ ।
ए.के. सञ्चार । १४ जेष्ठ २०७९, शनिबार ०७:३७