विश्व वातावरण दिवसका अवसरमा वृक्षारोपण

सुर्खेत । विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण गरेर विश्व वातावरण दिवस मनाइएको छ । आज वीन्द्रनगरका विभिन्न ठाउँमा वृक्षारोपण कार्यक्रम गरि दिवस मनाइएको हो।

‘पृथ्वीको संरक्षण दिगो प्रकृतिमैत्री जीवनयापन’ भन्ने मूल नाराका साथ कर्णाली प्रदेश सरकारले वीरेन्द्रनगरको नेपाल टेलिकमदेखि आइएनएफसम्म वृक्षारोपण गरेर विश्व वातावरण दिवस मनाएको छ । वृक्षारोपण कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री जिबन बहादुर शाहीले वातावरण संरक्षण अहिलेको मुख्य चुनौति भएको बताए ।

उनले रुखले मात्रै प्रकृतिलाई जोगाउने भएकाले वृक्षारोपण र वन संरक्षणमा ध्यान दिनु आवश्यक रहेको बताए । वृक्षारोपण कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री मन्त्रीहरु, वीन्द्रनगर नगरपालिकाका प्रमुख ÷उप प्रमुख लगायतको उपस्थिति रहेको थियो ।