श्रीलंकाको मत्तालास्थित अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा

श्रीलंका । श्रीलंकाको दक्षिणी सहर मत्तालामा रहेको दोस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थलले दुई वर्षपछि बिहीबारदेखि अन्तर्राष्ट्रिय उडान शुरु गरेको छ ।

बिहीबार नै रूसको रेड विङ्स एयरलाइन्सको एक यात्रुवाहक विमान करिब ४०० यात्रु लिएर मत्ताला अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।

रेड विङ्स एयरलाइन्सले मट्टाला अन्तर्राष्ट्रिय विमानस्थलमा हप्तामा दुई उडान गर्ने भएको छ, जुन विगत दुई वर्षदेखि इन्धन भर्न र आपतकालीन अवस्थामा डाइभर्ट गरिएका विमानका लागि प्रयोग हुँदै आएको छ