कारभित्र शारीरिक सम्बन्ध राख्दा अचानक गुडेर पल्टिएपछि…

  ।   १२ आश्विन २०७८, मंगलवार १४:२४

बेलायत । कारभित्र शारीरिक सम्बन्धको क्रममा कार अचानक गुडेपछि एक जोडी निकै अप्ठ्यारोमा फसेका छन्। कार रोकेर कारभित्रै शारीरिक सम्बन्धका क्रममा अचानक ह्याण्ड ब्रेक थिचिएपछि कार एक्कासी गुड्न थालेको थियो।

बेलायतको डर्बीशायरमा सुनसान ठाउँमा कार रोकेर कारभित्रै शारीरिक सम्बनधका क्रममा अचानक ह्याण्ड ब्रेक थिचिएपछि पहिले कार गुडन थाल्यो त्यसपछि सानो कान्लाबाट तल पल्टियो।

द सनको रिपोर्टअनुसार दुर्घटनाको समयमा सडक सुनसान थियो र रातको समय थियो। पल्टिएको कारभित्र जोडी भित्रै फसे। उनहिरुले बाहिर निस्किने निकै प्रयास गरे तर सफल हुन सकेनन्। गाडि पल्टिएपछि यस्तो अवस्थामा अडिएको थियो कि ढोका खोलेर बाहिर निस्किन मिल्दैनथ्यो।

भाग्यवश समयमै डर्बीशायर पुलिस घटनास्थलमा पुगे। पुलिस टिमले जोडीलाई उद्धार गरेर बाहिर निकाल्यो। ट्वीटरमा यो घटनाका केही तस्वीर सार्वजनिक भएका छन्। तस्वीरमा कार कसरी अडिएको छ भन्ने देख्न सकिन्छ। सामाजिक संजालमा यो जोडीका विषयमा विभिन्न किसिमका टिप्पणीहरु भइरहेका छन्।एजेन्सी

Next Post

माओवादी केन्द्रको बैठक स्थगित

१२ आश्विन २०७८, मंगलवार १४:२४
काठमाडौं । मंगलबार बस्ने भनिएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ । मंगलबार दिउँसो ३ बजे बस्ने भनिएको बैठक नेताहरुको कार्य व्यस्तताका कारण बुधबार ११ बजे बस्नेगरी स्थगित भएको माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए । बैठकमा यसअघि पेश भएका तीनवटा प्रस्तावमाथि छलफल गर्ने कार्यसूची […]

सम्बन्धित शीर्षक