सुर्खेत । मानव धर्म सेवा समितिले अध्यात्मिक हिन्दु धर्मकाे जगेर्ना गर्दै आएको छ । यस्तै शुक्रबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा मानव धर्म सेवा समितिले ईगरब्रिज बाेडिङ्ग स्कुल र वीरेन्द्रनगर-१२ मा महान सत्सग समारोह कार्यक्रम गरेको छ ।
पुर्खा देखि मान्दै आएकाे धर्म सनातन हिन्दु धर्मकाे जगेर्ना गर्न सबैले सहयोग गर्नु पर्ने वीरेन्द्रनगर-१२ का वडा अध्यक्ष चुडामणि चपाईले बताए । यस्तै उनले अब आउने पुस्तालाई हिन्दु धर्मकाे परिचय चिनाउन र जगेर्ना गर्न सानो बालबालिकाबाट सिकाउन आवश्यक रहेकाे जानकारी दिए ।
यस्तै ईग्रबिज स्कुलका प्रधानाध्यापक कृष्णा न्याैपाने (भुसाल) ले अहिलेका युवायुवतीलाई ध्यान साधनाकाे अति आवश्यक रहेको बताईन् । भुसालले कुलतमा परेकाहरुलाई पनि यस धर्मले सकारात्मक बाटाेमा ल्याउन सक्ने ठुलो अपेक्षा रहेकाे समेत जनाईन् ।
यस्तै उक्त कार्यक्रममा मानव धर्म सेवा समितिकी केन्द्रीय प्रभारी महात्मा चमेली बाईजीले ज्ञान मानव जिवनमा लागू गर्नु पर्ने बताईन् । हिन्दु वैदिक सनातन धर्म लाेप हुने अवस्थामा रहेको हुदाँ हिन्दु धर्मकाे परिचय, ज्ञानकाे प्रचारप्रसार गर्नमा सबैले सहयोग गर्न आग्रह गरिन् ।
साे कार्यक्रममा नेपाल मानव धर्म सेवा समितिका केन्द्रीय युवा संगठन संयाेजक उत्तम गिरिले नैतिक शिक्षा र अध्यात्ममा प्रकाश पार्दै विद्यार्थीहरुलाई गम्भीर हुन् आग्रह गरे ।
यस्तै नेपाल मानव धर्म सेवा समिति नेपालगन्ज क्षेत्र आश्रमका सचिव मंगल जिएमले ध्यान र अध्यात्मिक निर्माण हुनेपर्छ भन्दै विद्यार्थीलाई आउने दिनमा सचेत हुन् पर्ने बताए ।
उक्त कार्यक्रममा ३ सय विद्यार्थीसँगै वीरेन्द्रनगर-१२ मा सयौं भक्तजनहरुकाे सहभागिता रहेको थियाे ।
ए.के. सञ्चार । २७ जेष्ठ २०७९, शुक्रबार २१:११