कर्णाली प्रदेशले ल्यायो ३२ अर्ब ६१ करोडको बजेट (पूर्णपाठसहित)

सुर्खेत । कर्णाली प्रदेश सरकाले आगामि आर्थिक वर्ष २०७९/०८० को बजेट सार्वजनिक भएको छ । प्रदेश सभामा आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले बुधबार बजेट सार्वजनिक गरेका हुन् ।

कर्णाली सरकारले ३२ अर्ब ६१ करोड ६१ लाख ६१ हजार बजेट ल्याएको छ । जसमा चालुतर्फ ९ अर्ब १६ करोड ९९ लाख १० हजार, पुँजीगत तर्फ १९ अर्ब ४३ करोड ५ लाख २४ हजार र वित्तीय हस्तान्तरणतर्फ ४ अर्ब १ करोड ५७ लाख २९ हजार विनियोजन गरिएको छ ।