२४ घण्टामा ९६८ जनामा काेराेना संक्रमण पुष्टि, संक्रमणबाट ६ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा ९६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

११ हजार ८ सय ५२ पीसीआर परीक्षण गर्दा ७६२ जना र ४ हजार ४६० एन्टिजेन परीक्षण गर्दा २०६ गरी ९ हजार ९६८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ भने १ हजार ११४ जना निको भएका छन् ।