सुन चाँदी व्यवसायी संघ सुर्खेतको अध्यक्षमा विश्वकर्मा विजयी

सुर्खेत। नेपाल सुन चाँदी व्यवसायी संघ सुर्खेतको अध्यक्षमा ज्ञानेन्द्रबहादुर विश्वकर्मा विजयी भएका छन् । सोमबार सम्पन्न संघको आठौं साधारणसभा तथा पाँचौ जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो ।

नयाँ नेतृत्वका लागि सहमतिको प्रयास असफल भएपछि अन्तत निर्वाचनबाट नयाँ नेतृत्वको टुंगो लागेको हो । प्यानल नै बनाएर चुनावी मैदानमा उत्रिएका ज्ञानेन्द्रले ३९ मतान्तरले दिनेश विश्वकर्मालाई हराउँदै विजयी भए । ज्ञानेन्द्रले ११६ मत पाउँदा दिनेशले ७७ मत मात्रै पाएका थिए ।

वरिष्ठ उपाध्यक्षमा लाल बहादुर सुनार ९१०९० प्रथम उपाध्यक्षमा ओम बहादुर वि.क ९११२० मत प्राप्त गरी विजयी भएका छन् । निकटम प्रतिद्वन्दी सन्तोषकुमार बराईलीले ८२ र राजकुमार सुनाले ८० मत ल्याए ।

द्धितीय उपाध्यक्षमा तिर्थ सुनार १०१ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम् प्रतिस्पर्धी झपेन्द्र गहतराजले ८६ मत प्राप्त गरेका छन् । महासचिव पदमा मोहन सुनार ११२ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी शिव सेन्चुरीले ७५ मत प्राप्त गरेका थिए । सचिव पदमा सन्जीव बराल ११४ मत प्राप्त गरी विजयी भएका छन् भन उनका निकटतम् प्रतिस्पर्धी नविन लोहनीलीले ७३ मत प्राप्त गरेका थिए ।