पेट्रोलियम पदार्थमा हाल लाग्दै आएको कर कटौती गर्न सरकारलाई निर्देशन

सुर्खेत । पेट्रोलियम पदार्थमा हाल लाग्दै आएको कर कटौती गर्न सरकारलाई निर्देशन दिने सत्तारुठ गठबन्धनका नेताहरुको बैठकलेनिर्णय गरको छ। शनिबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले बढ्दो महङ्गी नियन्त्रण गर्न र जनताको जीविकामा सहुलियत दिन पेट्रोलियम पदार्थमा लिइँदै आएको कर भारी मात्रामा कटौती गर्न सरकारलाई निर्देशन दिने निर्णय गरेको छ ।

सरकारले उक्त विषयलाई आजदेखि पेट्रोलियम पदार्थमा लगाएका करहरु कटौती गरि लागू गर्ने मल्लको भनाइ छ। उक्त निर्णय लागु गरेमा डिजेल र पेट्रोलको मुल्यमा प्रतिलिटर झण्डै ३० देखि २५ रुपैयाँसम्म कम हुने जनाइएको छ।