सुर्खेतमा दादुरा संक्रमण विरामी भेटिए

सुर्खेत । छिमेकी जिल्ला बाँकेमा दादुरको संक्रमण तिब्र भइहहेको बेला सुर्खेतमा पनि दादुरा संक्रमण देखिएका विरामी भेटिएका छन् । सुर्खेतमा पाच जना दादुराका विरामी भेटिएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले जानकारी दिएको छ । सुर्खेतका तिन वटा पालिकाका पाँच जनामा दादुरा संक्रमण पुष्टि भएको छ ।

वीरेन्द्रनगर नगरपालिकामा तिन जना, गुर्भाकोट र चिङगाड गाँउपालिकामा एक–एक जनामा दादुरा संङ्क्रमण देखिएको निर्देशनालयले जनाएको छ ।
दादुराका विरामी भेटिएपछि प्रदेश स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले अहिले विभिन्न ठाँउमा परिक्षण र खोप अभियानलाई तिव्रता दिएको जनाइएको छ ।