कर्णाली प्रदेशमा आज सर्वदलीय बैठक बस्दै

सुर्खेत । नेकपा माओवादीले मंगलबार कर्णाली प्रदेशमा संसद् बहिष्कार गरेको विषयलाई लिएर आज सर्वदलीय बैठक बस्ने भएको छ ।  दिउँसो १ बजेका लागि सर्वदलीय बैठक बोलाइएको छ । सत्तारूढ दलले नै संसद् बहिस्कार गरे पछि समाधानका लागि सर्वदलीय बैठक बोलाइएको हो ।

यता माओवादीका सांसदहरूले मुख्यमन्त्री जीवनबहादुर शाही आफ्नो दलले उठाएको विषयमा गम्भीरता नदेखाएको खण्डमा विकल्प सोच्न सकिने बताउँछन् । तर पूर्व मन्त्री एवम् माओवादी सांसद नरेश भण्डारी तत्कालै राजीनामा माग गर्ने कुरा नसोचिएको बताउँछन् माओवादीले मुख्यमन्त्री गठबन्धनको मूल्य मान्यता विपरीत चलिरहेको आरोप लगाएको छ ।