नेपालको इतिहासका पानाहरु निर्माण गरेका छौं–माधव नेपाल

सुर्खेत । नेकपाको संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ को शिक्षाबाट दीक्षित भएर नेकपा समाजवादी पार्टी निर्माण गरेको नेकपा समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले बताएका छन् ।नेकपाको संस्थापक महासचिव पुष्पलालको ४४ औं स्मृति दिवसको अवसरमा श्रद्धाञ्जली दिन कीर्तिपुरको चम्पादेवी पुगेका नेपालले यस्तो बताएका हुन् ।उनले पुष्पलालको शिक्षा दिक्षाबाट दीक्षित भएर नेपालको इतिहासमा कीर्तिमान कायम गरेको बताए ।

उनले अहिले हाम्रो काँधमा अनेक चुनौतिहरु छन आत्तिनुपर्ने कुनै कारण नभएको बताए । उनले नेपालको इतिहासका पानाहरु निर्माण गरेको बताए । हामीले इतिहासमा कीर्तिमान कायम गरेको उनको भनाई छ । पुष्पलालको शिक्षा र दिक्षाबाट दीक्षित भएका हामीले नेकपा समाजवादी पार्टी क्रान्तिकारी पार्टी निर्माण गरेको बताए । उनले अरु भन्दा भिन्न रुपमा प्रस्तुत भएर नै स्वच्छ समर्पित राजनीतिको निमित्त इमानदार राजनीतिको निमित्त देश र जनताको निमित्त केन्द्रित हुने बताए ।