महावै गाउँपालिकामा माओवादीबाट अध्यक्षमा सिंह र उपाध्यक्षमा शाही चयन

कालीकाेट । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महावै गाउँपालिकाको अध्यक्षमा खेम बहादुर सिंह र उपाध्यक्षमा कृष्णकला शाही (काफ्ले) लाई सर्वसम्मत चयन गरेको छ ।

आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्बाचनमा माओवादी केन्द्रबाट अध्यक्षमा सिंह र उपाध्यक्षमा शाहीलाई चयन गरेकाे हाे ।

नेकपा माओवादी केन्द्र महावै गाउँ कमिटीको मंगलबार बसेको बैठकले अध्यक्ष र उपाध्यक्ष सर्वसम्मत रुपमा प्रदेश कमिटी लाई सिफारिस गरेको हो ।