बढ्यो सुनको मुल्य, कति पुग्यो तोलाको ?

काठमाडौं । आज नेपाली सुनचाँदी बजारमा सुनको मुल्यमा बृद्धि भएको छ । सुनको मुल्य तोलामा ६ सय रुपैयाँले बढेपछि छापावाल सुन ९६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि प्रतितोला ९५ हजार ८०० रुपैयाँमा कारोबार भएको तेजावी सुनलाई आज ९६ हजार ४०० रुपैयाँ पर्नेछ । यस्तै चाँदीको भाउ भने एकैपटक प्रतितोला ३५ रुपैयाँले बढेको छ । चाँदी तोलामा ३५ रुपैयाँले बढेर १२ सय ४० रुपैयाँमा कारोबार महासंघले जनाएको छ ।