भारतको गंगा नदीमा एउटा डुङ्गा डुब्दा १० जना वेपत्ता

काठमाडौ, भदौ २० गते।
भारतको बिहारस्थित पटनामा गंगा नदीमा एउटा डुङ्गा डुब्दा १० जना वेपत्ता भएका छन् । ५५ जना सवार डुङ्गामा थिए जसमध्ये करिब १० जना हराइरहेका छन् । दुर्घटना बिहिबार राति शाहपुरको शेरपुर घाटमा भएको हो ।

शाहपुर प्रहरीले गंगा नदीमा सर्च र रेस्क्यु अपरेशन सुरु गरेको छ । प्रहरीले स्थानीयवासीको सहयोगमा खोजी अभियान सुरु गरेको छ ।