डा. केसीको स्वास्थ्य स्थिति जटिल, थप उपचारका लागि काठमाडौं लगिदै

सुर्खेत । चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियन्ता डा. गोविन्द केसीको स्वास्थ्य स्थिति जटिल हुँदै गएपछि थप उपचारका लागि काठमाडौं ल्याइने भएको छ । ९ दिनदेखि चिकित्सा क्षेत्रको सुधारसहित विभिन्न ७ वटा माग राखेर सनसनमा बसेका छन् । डा. केसीलाई सेनाको हेलिकप्टरबाट थप उपचारका लागि काठमाडौं ल्याउने तयारी गरिएको छ ।

स्वास्थ्यमा जटिलता देखिएपछि डा.केसीलाई सेती अञ्चल अस्पतालले सुविधासम्पन्न अस्पतालमा लैजान सल्लाह दिएको थियो । अस्पतालले डा. केसी शरीरमा पोषणतत्व र पानीको असन्तुलनले बेहोस हुन सक्ने बताएको छ । त्यस्तै पेटमा कडा खालको अल्सर भएको आशंका गरिएको पनि अस्पतालले जनाएको छ ।