वीरेन्द्रनगरमा सामाजिक सुरक्षा भत्ता भुक्तानी अनलाइन मार्फत

सुर्खेत । कर्णाली प्रदेशको राजधानीमा रहेकाे वीरेन्द्रनगर नगरपालिकाले सामाजिक सुरक्षा भत्ताको अनलाइन भुक्तानीकाे शुरुवात गरेको छ ।


सामाजिक सुरक्षा भत्ता अनलाइन भुक्तानी गर्ने नगरपालिका कर्णाली प्रदेशमै पहिलो नगरपालिका बनेको हाे । यसअघि नगरपालिकाले बैंकिङ प्रणाली मार्फत गर्दै आएको थियाे । चालू आर्थिक बर्षकाे अन्तिम त्रैमासिक अवधिको सामाजिक सुरक्षा भत्ता सेवाग्राहीको खातामा भुक्तानी गरेको नगरपालिकाका लेखा अधिकृत हरिबहादुर क्षेत्रीले जानकारी दिए ।

उनका अनुसार हालसम्म १२ हजार ५०० नागरिकले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएकोमा १० हजार २४१ जनाको अनलाइन भुक्तानी भएको छ । बाकी रहेकाकाे पनि छिटो भुक्तानी हने बताए ।
नगरपालिकाले आगामी आर्थिक वर्षमा पनि सामाजिक सुरक्षा भत्ता सिधैं सेवाग्राहीको खातामा अनलाइन मार्फत सामाजिक सुरक्षा भत्ता अनलाइन भुक्तानी गर्ने भएको छ ।