रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा माओवादीका बिष्ट विजयी

रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार विर्खबहादुर बिष्ट विजयी भएका छन् ।
उनले ६ हजार १९ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका गोरखप्रसाद चन्दले ४ हजार ३ सय २० मत प्राप्त हुन् ।

यस्तै उपाध्यक्षमा (माओवादी केन्द्र) का उम्मेदवार कमला रोकाले ५ हजार ९ सय ५८ मत प्राप्त गरेर विजयी हाँसिल गरेकी छन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका प्रकाश खड्काले ३ हजार ४ सय ४२ मत प्राप्त गरेका हुन् ।

११ वडा रहेको सानीभेरी गाउँपालिकामा ९ वडा (माओवादी केन्द्र) २ वटा वडा नेपाली काँग्रेसले विजयी हाँसिल गरेको छ । सानीभेरी गाउँपालिकामा माओवादी एक्लै चुनावी मैदानमा रहेको थियो भने एमाले र काँग्रेसको गठबन्धन रहेको थियो ।