सुर्खेत । कालीकोटमा भएको बम विस्फोटमा घाइते बालिका सरस्वती रानाको मृत्यु भएको छ । शनिबार बिहान उनको उपचारको क्रममा प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा मृत्यु भएको हो ।
कालीकोटको तिलागुफा नगरपालिका–१० रानाबाडामा बालबालिका खेलिरहेको अवस्थामा बम विस्सफोट भएको थियो ।
उक्त विस्फोटमा परि सोही स्थानका पाँच जना बालकालिका मध्ये चार जना घाइते र ४ वर्षीय बालिका झरना थापाको घटना स्थलमै मृत्यु भएको थियो ।
यस्तै, गम्भीर घाइते भएका सात वर्षीय कमल थापा, पाँच वर्षीय मुस्कान थापा, तीन वर्षकी सपना थापा तथा चार वर्षकी सरस्वती रानालाई उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमा प्रदेश अस्पताल कालागाउँ सुर्खेत लगिएको थियो ।
प्रदेश अस्पतालमा उपचारको क्रममा चार बालबालिका मध्ये चार वर्षीय सरस्वती रानाको मृत्यु भएको तिलागुफा नगरपालिकाबाट अस्पतालमा खटिएका कर्मचारी कम्प्युटर अपरेटर चक्रप्रसाद अधिकारीले जानकारी दिए । अन्य घाइतेहरुको अवस्था सामान्य रहेको उनले बताए ।
ए.के. सञ्चार । १२ कार्तिक २०७९, शनिबार १४:३०