चार दिनदेखी अवरुद्ध कर्णाली राजमार्ग आजबाट खुल्यो

सुर्खेत । अविरल वेमौसी वर्षातका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको थियो । चार दिनदेखी अवरुद्ध कर्णाली राजमार्ग आज दिउँसोबाट खुलेको छ । मान्म–गमगढी सडक खण्डको पिलीमा पहिरो गएपछि अवरुद्ध सडक आज दिउँसोबाट दुवैतर्फी सडक सुचारु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख चक्रबहादुर शाहले जानकारी दिए । उनकाअनुसार विहान एकतर्फी सडक सुचारु गरिएको थियो ।

‘शुरुमा राजमार्गमा रोकिएका सवारीहरुलाई गन्तव्यमा पठायौं,’ शाहले भने, ‘सवारी चाप कम भएपछि पुनः दुवैतर्फ सडक सुचारु गरिएको हो ।’ बम विस्फोटपछि डोजरको ब्रकेरले सडकमा ढुंगा फुटाएर सडक सुचारु भएको हो । दशैँ मानेर रारा घुम्न पर्यटकहरु, सुर्खेततर्फ फर्कने, जुम्ला, कालिकोट र मुगुतर्फबाट जाने यात्रुहरु सडक अवरुद्ध सास्ती खेप्नु परेको थियो ।