सुर्खेतको बबईबाट ३४० बोरा अवैध चिनी बरामद

सुर्खेत । सुर्खेत प्रहरीले भेरीगंगा नगरपालिका–५ बबईबाट चिनी बरामद गरेको छ । प्रहरीले ३ सय ४० बोरा अवैध चिनी बरामद गरेको हो ।

बुधबार बिहान साढे ८ बजेको समयमा भेरीगंगा नगरपालिका–५ बबईबाट चिनी बरामद गरेको थियाे । प्रतिबोरा ५० किलो रहेको तीन सय ४० बोरा अर्थात् १७ टन चिनी बरामद गरेको प्रहरीले जनाएको छ ।

साथै प्रहरीले ट्रक, ट्रक चालक लम्किचुहा नगरपालिका–२ कैलालीका ४३ वर्षीय का नेत्रबहादुर शाहीलाई नियन्त्रणमा लिएको जनाएको छ ।

बबई चेक प्वाईन्टमा खटिएको ६ जनाको प्रहरी टोलीले कैलालीदेखि सुर्खेततर्फ आउँदै गरेको भे १ ख ३०४१ नम्बरको ट्रकलाई चेक जाँच गरेको थियाे ।

उक्त ट्रकमा भ्याटबिल, अनलाइन बिल भएको र भन्सारको काजगपत्र नभएको प्रहरीले फेला पारेपछि बरामद गरेको हो ।