सुर्खेत । अर्थमन्त्री जनार्दन शर्माले रुकुमबाट मतदान गरेका छन् । बिहान ७ बजे श्री यमुना नन्द नमुना माध्यामिक विद्यालय मतदान केन्द्र मुसिकोट न पा, ५ सेरीगाउ रुकुम पश्चिममा मतदान केन्द्रबाट उनले मतदान गरेका हुन् ।
कांग्रेसका उपसभापति एवम् पूर्व गृहमन्त्री पूर्णबहादुर खड्काले सुर्खेतको गुर्भाकोटबाट मतदान गरेका छन् । प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका खड्काले गुर्भाकोट–८ स्थित सूर्यज्योति मावि मेहलकुनाबाट मतदान गरेका हुन् । उपसभापति खड्का सुर्खेत क्षेत्र नम्बर १ बाट सत्तागठबन्धनका साझा उम्मेदवार हुन् ।
त्यसैगरी एकीकृत समाजवादीका उपमहासचिव एवं प्रदेश इन्चार्ज प्रकाश ज्वालाले सल्यानबाट मतदान गरेका छन् । वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट सल्यान प्रतिनिधि सभाका साझा ज्वालले बन्गाड कुपिन्डे नगरपालिका– १ भैरबी प्रावि बेलखोला मतदान स्थलबाट मतदान गरेका हुन् ।
त्यसैगरी नेकपा एमालेका कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेलले सुर्खेतबाट मतदान गरेका छन्। वीरेन्द्रनगर नगरपालिका ४ भैरव मावि विद्यालयमा पुगेर मतदान गरेको हुन् । एमालेबाट सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ (क) बाट प्रदेश सभा सदस्य पदका उम्मेदवार समेत रहेका कँडेलले मतदानपछि आफ्नो पक्षमा जनमत आउनेमा विश्वास व्यक्त गरे ।
ए.के. सञ्चार । ४ मंसिर २०७९, आईतवार १३:२६