कर्णालीका नेताहरूले कहाँ-कहाँ बाट मतदान गरे ?

  ।   ४ मंसिर २०७९, आईतवार १३:२६

सुर्खेत । अर्थमन्त्री जनार्दन शर्माले रुकुमबाट मतदान गरेका छन् । बिहान ७ बजे श्री यमुना नन्द नमुना माध्यामिक विद्यालय मतदान केन्द्र मुसिकोट न पा, ५ सेरीगाउ रुकुम पश्चिममा मतदान केन्द्रबाट उनले मतदान गरेका हुन् ।

कांग्रेसका उपसभापति एवम् पूर्व गृहमन्त्री पूर्णबहादुर खड्काले सुर्खेतको गुर्भाकोटबाट मतदान गरेका छन् । प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका खड्काले गुर्भाकोट–८ स्थित सूर्यज्योति मावि मेहलकुनाबाट मतदान गरेका हुन् । उपसभापति खड्का सुर्खेत क्षेत्र नम्बर १ बाट सत्तागठबन्धनका साझा उम्मेदवार हुन् ।

त्यसैगरी एकीकृत समाजवादीका उपमहासचिव एवं प्रदेश इन्चार्ज प्रकाश ज्वालाले सल्यानबाट मतदान गरेका छन् । वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट सल्यान प्रतिनिधि सभाका साझा ज्वालले बन्गाड कुपिन्डे नगरपालिका– १ भैरबी प्रावि बेलखोला मतदान स्थलबाट मतदान गरेका हुन् ।

त्यसैगरी नेकपा एमालेका कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेलले सुर्खेतबाट मतदान गरेका छन्। वीरेन्द्रनगर नगरपालिका ४ भैरव मावि विद्यालयमा पुगेर मतदान गरेको हुन् । एमालेबाट सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ (क) बाट प्रदेश सभा सदस्य पदका उम्मेदवार समेत रहेका कँडेलले मतदानपछि आफ्नो पक्षमा जनमत आउनेमा विश्वास व्यक्त गरे ।

Next Post

कालिकोटमा ५७ प्रतिशत मत खस्याे

४ मंसिर २०७९, आईतवार १३:२६
कालिकोट । कालिकोटका सबै मतदान स्थलमा मतदान सकिएको छ । जिल्ला निर्वाचन कार्यालय कालिकोटले शान्तिपूर्ण र उत्साहजनक रुपमा निर्वाचन सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालय कालिकोटले जनाएको छ । कालिकोट जिल्लामा ५७. ८१ प्रतिशत मत सकेकाे जिल्ला प्रशासन कार्यालय कालिकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताए । कालिकोटमा दुईवटा निर्वाचन क्षेत्र […]