गठबन्धन आफ्नो लाइनमा अघि बढिसकेको छ–प्रचण्ड

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशभर गरिएको चुनावी गठबन्धन लयमा रहेको बताएका छन् । प्रचण्डले निर्वाचनको परिणाम गठबन्धनको पक्षमा हुने दावी गरेका छन् । आज चुनावी सभालाई सम्बोधन गर्न चितवन पुगेका दाहालले गठबन्धनलाई कुनै असर नपर्ने बताएका छन् ।

उनले गठबन्धन आफ्नो लाइनमा अघि बढिसकेको र अब फैसला चितवनको जनताको हातमा रहेको बताएका छन् । उमेदवारी उठ्ने स्वतन्त्रता जसलाई पनि भएकाले यसको बारेमा धेरे चर्चा गर्न आवश्यक नरहेको उनले बताए ।