हुम्ला । हुम्लाको चंखेली गाउँपालिका–२ दार्माका ५० जना विपन्न परिवारलाई सोलार वितरण गरिएको छ । इको वारियर्स नेपालले सेभ द चिल्डे्न र निल हिरा समाजको सहयोगमा ५० जना परिवारलाई सोलार वितरण गरिएको हो ।
विद्युत नपुगेको ठाउँका विपन्न परिवारलाई उज्यालोका लागि सोलार सहयोग गरिएको संस्थाका सदस्य एन्जल लामाले जानकारी दिईन । उनका अनुसार संस्थाले विद्यालयमा जलवायु परिवर्तन सम्बन्धी कार्यक्रम समेत गरेको छ ।
दार्माको बालज्योति आधारभूत विद्यालयका विद्यार्थी र शिक्षकलाई जलवायु परिर्वतन सम्बन्धी एकदिने सचेतना कार्यक्रम पनि गरिएको लामाले बताईन । यौनिक तथा अल्पसंख्यक समुदायका युवाद्वारा इको वारियर्स संस्था सञ्चालित छ ।
ए.के. सञ्चार । ४ पुष २०७९, सोमबार १८:२३