सुर्खेतमा घटे २३ सय ३४ अपराधका घटना तथ्यांक (सूचिसहित)

सुर्खेत । सुर्खेत जिल्लामा चार वर्षमा २ हजार ३ सय ३४ वटा अपराधका घटना घटेका छन् । आर्थिक वर्ष २०७४÷०७५ देखि २०७७÷०७८ को हालसम्म विभिन्न प्रकारका २ हजार ३ सय ३४ वटा अपराधका घटना घटेका हन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले विहिबार सार्जजनिक तथ्यांक अनुसार आर्थिक वर्ष २०७४÷०७५ मा जम्मा ४ सय ९६, आर्थिक वर्ष २०७५÷०७६ मा ६ सय ९६, आर्थिक वर्ष २०७६÷०७७ मा ६ सय ६२ र आर्थिक वर्ष २०७७÷०७८ को हालसम्म ५ सय २० वटा विभिन्न प्रकारका अपराधिक घटना घटेका छन् ।

जसमा सबैभन्दा धेरै सामाजिक अपराध र हात्महत्या सम्बन्धिका घटना बढी छन् । तथ्यांक अनुसार आर्थिक वर्ष २०७४÷०७५ देखि २०७७÷०७८ को हालसम्म सामाजिक अपराध सम्बन्धि ५ सय २२, आत्महत्याका ४ सय ३३, महिला तथा बालबालिका सम्बन्धि ४ सय १५, ज्यान सम्बन्धि ३ सय ५७, चोरी सम्बन्धि १ सय ११, संगठिक तथा आर्थिक अपराध सम्बन्धि ३ सय १४, सवारी सम्बन्धि १ सय ३८ र अन्य ४३ गरी २ हजार ३ सय ३४ वटा अपराधका घटना घटेका हुन् ।

यस्तो छ बढ्दो अपराधिक घटनाको डरलाग्दो तथ्यांक =