लिभरपुलमाथि युनाइटेडको सानदार जित

काठमाडौं । जाडोन सान्चो र मार्कुस रासफोर्डको समान एक गोलमा म्यानचेस्टर युनाइटेडले इङलिस प्रिमियर लिगको जारी सिजनमा पहिलो जित दर्ता गरेको छ ।सोमबार घरेलु मैदान ओल्ड ट्राफोर्डमा इरिक टेन हागको टोलीले लिभरपुलमाथि २–१ को जित निकाल्यो । पहिलो दुई खेलमा ब्राइटन र ब्रेन्टफोर्डलाई क्रमश २–१ र ४–० को नतिजा सुम्पिएका कारण युनाइटेडमाथि दबाब बढेको थियो ।

लिभरपुलविरुद्धको खेलमा टेन हागले स्ट्राइकर क्रिस्टियानो रोनाल्डो र ह्यारी मग्वायरलाई बेन्चमै राखेका थिए । जुन निर्णय जित सहित तीन अंक जोड्न महत्वपूर्ण साबित बन्यो ।

१६ औं मिनेटमा सान्चोले गरेको गोलमा युनाइटेडले अग्रता लिएको थियो । ५३औं मिनेटमा रासफोर्डले युनाइटेडको अग्रता दोब्बर पारेका थिए । खेल सकिन नौ मिनेट बाँकी रहँदा मोहम्मद सलाहले गरेको गोलमा लिभरपुलले खेलमा फर्कने संकेत गरे पनि त्यो पर्याप्त भने भएन ।

योर्गान क्लोपको टोली भने जारी सिजन लगातार तीन खेलमा जितविहिन रह्यो । पहिलो खेलमा फुलहमसँग २–२ को बराबरीसँगै अंक बाँडेको लिभरपुल दोस्रो खेलमा क्रिस्टल प्यालेससँग १–१ को बराबरीमा रोकिएको थियो ।युनाइटेडले चौथो खेलमा शनिबार साउथहमटनको भ्रमण गर्नेछ भने लिभपुलले बर्नामाउथलाई आतिथ्य गर्नेछ ।