अभिनेत्री पूजा शर्मा बोर्डको सदस्यमा नियुक्त

काठमाडौं । अभिनेत्री पूजा शर्मा चलचित्र विकास बोर्डको सदस्यमा नियुक्त भएकी छन् । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले अभिनेत्री शर्मालाई महिला चलचित्र ससक्तिकरण समितिको सदस्यमा नियुक्त गरेका हुन् ।

पछिल्लो समय व्यवसायमा सक्रिय देखिएकी अभिनेत्री शर्मालाई हालै बसेको बोर्ड बैठकले उनलाई उक्त पदमा नियुक्त गरेको हो ।

महिला चलचित्रकर्मीहरूको हक अधिकार, अधिकाधिक सहभागिता, दक्षता अभिवृद्धि, लैङ्गिक शोषण एवं विभेदविरुद्ध जनचेतना बढाउनका लागी सशक्तीकरणका कामहरु सञ्चालन गर्न ‘महिला चलचित्रकर्मी सशक्तीकरण कार्यविधि २०७६’ बमोजिम सशक्तीकरण सदस्य पदमा मनोनयन गरिएको कुरा विज्ञप्तिमा उल्लेख गरिएको छ।