पुजा क्षेत्रीकाे तीज काेसेली ‘मेरो माया जुग जाने खालको’ बजारमा (भिडियाेसहित)

सुर्खेत । हिन्दुहरुको महान पर्व हरितालिका तीज नजिकैसँग गायिका पुजा क्षेत्रीकाे तीज गीत बजारमा आएकाे छ ।

गायिका क्षेत्रीकाे यस बर्षको तीजको कोसेली ‘मेरो माया जुग जाने खालको’ तीज गीत बजारमा आएको हाे ।

साे गीतमा बिक्रम बाबू बिश्वकर्माले काेरेकाे शब्दमा गायक खेम सेञ्चुरीले संगित भरेका हुन् भने, गायिका पुजा क्षेत्री र गायक खेम सेञ्चुरीको आवाजमा रहेको छ ।

निर्देशक शंकर बि.सीको निर्देशनमा तयार भएकाे साे गीतकाे म्युजिक भिडियाेमा निर्देशक बि.सी र करिश्मा ढकालको धमकेदार नृत्य प्रस्तुती रहेको ।

उक्त भिडियोमा राजेश घिमिरेकाे छाँयाकन र नविन घर्ति मगरको सम्पादन रहेको छ । गीतकाे म्युजिक भिडियाे गायिका पुजा क्षेत्रीकाे अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएकाे छ ।

भिडियाे यहाँ हेर्न सकिन्छ: