‘मेरी सानी’ बोलको गीतको सार्वजनिक

  ।   १९ जेष्ठ २०७९, बिहीबार १८:४४

‘मेरी सानी’ बोलको गीतको सार्वजनिक भएको छ। फिल्म तथा म्यूजिक भिडिओ छायांकार सौरभ लामाको निर्देशनमा रहेको ‘मेरी सानी’ बोलको गीतको सार्वजनिक भएको हो ।

रविन लिम्बुको स्वर रहेको गीतमा अभिनेता आर्यन सिग्देल र अभिनेत्री रुविना थापा फिचर्ड छन्। प्रेमिकासँग टाढा भएपछि उनको वियोगमा रहेको प्रेमीको कथालाई देखाइएको छ। दर्शकले आर्यन र रुविनाको जोडीलाई रुचाउने अपेक्षा निर्देशक लामाको छ।

डीपी खनाल र साडु खनालको शब्द रहेको गीतमा शंकर थापा ‘स्माइल’को संगीत छ। हिमाल श्रेष्ठले छायांकन गरेको गीतलाई अर्जुन जिसीले सम्पादन गरेका छन्। गीतमा सुरेश पाण्डेको कोरियोग्राफी रहेको छ।

Next Post

बराहताल ८ का वडाध्यक्षले आफू खुशी निर्यण गरेको भन्दै वडा कार्यालयमा ताला

१९ जेष्ठ २०७९, बिहीबार १८:४४
सुर्खेत । सुर्खेतको बराहताल गाउँपालिका८ का वडाअध्यक्ष केशर कार्कीले पदबहालीसँगै गरेको पहिलो निणर्य विवादित बनेको छ । जेठ १२ मा उनले वडा कार्यालय आफ्नै वडामा सार्ने निणर्य गरेका थिए । वडा नं. ५ को बड्डिचौरबाट सञ्चालन भई रहेको वडा कार्यालयलाई कार्कीले आफ्नै घरपाएक दमार सार्न खोजेपछि स्थानीयले वडा कार्यालयमा ताला […]