सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज विश्वासको मत लिँदैछन् ।
दिउँसो एक बजे बस्ने प्रदेश सभा बैठकबाट मुख्यमन्त्री शर्माले विश्वासको मत लिनेछन् ।
उनले प्रदेश सभा सचिवालयमा बुधबार साँझ पाँच बजे विश्वासको मत लिने बारेको पत्र दर्ता गराएका थिए ।
पुस २७ गते कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए । माआवादी पोलिटब्यूरो सदस्य रहेका शर्मा रुकुम पश्चिम प्रदेशसभा ९२० बाट निर्वाचित भएका हुन् ।
ए.के. सञ्चार । ६ माघ २०७९, शुक्रबार ११:३५