काठमाडौं । राहादानी विभागले ई–पासपोर्टको अनलाइन आवेदन आज बिहान ११ बजेदेखिनै खुल्ने भएको छ। राहदानी विभागले यसअघि साँझ साढे ४ बजेपछि खुलाउँदै आएकोमा आज देखि भने बिहान ११ बजेबाट नै खुलाउन लागेको हो ।
![](https://aksanchar.com/wp-content/uploads/2024/03/surkhet-daigonestic.gif)
विभागले सोमबार सूचना जारी गरी उक्त जानकारी दिएको हो । विभागले हाल दुई हजार चार सय जनाको प्रि–इनरोलमेन्ट खुलाउँदै आएकोमा अब कोटा पनि बढाउने तयारी गरेको छ ।प्रि–इनरोलमेन्ट गरिसकेपछि प्राप्त मितिमा राहदानीका लागि विभागमा पुग्नुपर्छ ।
ए.के. सञ्चार । १७ श्रावण २०७९, मंगलवार ०७:५४